केचनाकेवल देखि सगरमाथा आधार शिविर सम्म एकल साइकल यात्रा आँट्ने `एभरेष्ट बाबु´

केचनाकेवल देखि सगरमाथा आधार शिविर सम्म एकल साइकल यात्रा आँट्ने `एभरेष्ट बाबु´

विराटनगर
प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल

आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसाद पराजुलीको कुरा गर्दै छौं ।
सानैदेखि साइकल यात्रामा रुचि भएका उनले कोभिड १९ ले थला परेकाे पर्यटनलाई बिउँत्याउने उद्देश्यले `अबको पर्यटन साइकल पर्यटन´ भन्ने मुल नाराका साथ २५ दिने एकल साइकल यात्राको योजना बनाएका छन् । उनि भन्छन् ,मलाई साइकल कुदाउन सार्है मनपर्छ, आफु १५ वर्ष हुँदा देखि साधारण साइकल बाट सुरु गरेको मेरो साइकल यात्रामा बल्ल २०७५ सालदेखि गियर वाला साइकल कुदाउने अवसर पाए मैले ।
नेपाल साइकल यात्री एभरेष्ट बाबुले भने, पर्यटकीय दृष्टिकोणले हेर्दा हाम्रो देश नेपाल प्राकृतिक सुन्दरदाले भरिएको छ । विभिन्न देशबाट यसको मनमोहक दृश्यहरु हेर्न पर्यटकहरु आउने गरेका छन् ।
यदि हामिले काठमाडौ सम्म आएका उनिहरुलाई गाडि रिजर्भ गरेर वातावरण प्रदुषण गराउदै घुमाउनुको साटो बरु एउटा एउटा साइकल दिएर देशका विभिन्न रमणीय,धार्मिक एवम् पर्यटकिय स्थानहरु घुमाउन सकिन्छ । जसले गर्दा हाम्रो देशको अर्थतन्त्रमा बृद्धि हुने र वातावरण पनि धुलोधुवा रहित स्वच्छ हुन्छ उनले भने ।
आवर विराटनगरसंग कुरा गर्दै उनलेे भने, यो २५ दिने एकल यात्रामा मलाई जम्मा खर्च १७ सय डलर लाग्नेछ त्यसैले मलाई सहयोग रकमको आवश्यक छ। थाेपा_थाेपा मिलेर समुन्द्र बन्छ भनेझैं एकजना बराबर एक सय रुपैयाँ मात्रै सहयोग भए नि मेरो यात्रा सफलतापुर्ण पुरा गर्न मलाई पुग्छ भन्दै उनले आफ्नो इ सेवा आइडि मार्फत आफुलाई सहयोग गर्न सहयोगि हातहरुसमक्ष अपिल समेत गरेका छन् ।
नाम : तेज प्रसाद पराजुली (एभरेष्ट बाबु)🚴🇳🇵
इ-सेवा आइडि:-9806019887(९८०६०१९८८७)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्