बाडुल्कि अफिसियल मार्फत `लभ पर्यो´ सार्वजनिक

विराटनगर
आकृति रानि फुयल

नेपाली सर्ट मुभि `लभ पर्यो´युट्युब च्यानल बाडुल्कि अफिसियल मार्फत सार्वजनिक भएको छ । बिराटनगरका स्थानीय युवाहरू द्वारा बिज्ञापन कम्पनीको रूपमा संचालित बाडुल्किले बनाएको यो पहिलो छोटो चलचित्र हो ।
यसको मुख्य भुमिकामा एस डि बाराकोटि र सुश्मा सुबेदि रहेका छन् भने सहायक मुभिकामा नवराज गिरि, दिक्षा डन ,अन्जना निरौला , नगेन्द्र खड्का,क्षितिज कोइराला र जिवन पन्त रहेका छन् । लकेश दङ्गालको निर्देशनमा बनेको उक्त चलचित्रको निर्माता ललिता दङ्गाल र लेखक क्षितिज कोइराला रहेका छन् ।

निर्देशक दङ्गाल भन्छन् ,यस चलचित्र मार्फत हामीले भर्खरै स्नातक पढ्न थालेका बिद्यार्थिहरुले ट्युसन पढ्दै गर्दा बसेको मायाका मिठा झझल्काहरुले सबै दर्शकहरुलाई काउकुति सम्म लगाउने विश्वासका साथ लभ पर्यो लिएर हामि आएका छौं । आगामी दिनहरूमा पनि अझ स्तरीय बिज्ञापन र भिडियोहरु लिएर आउने छौं ।
त्यस्तै लेखक कोइराला भन्छन् ,`मायाको अलिकति भएपनि मिठो आभाष हो लभ पर्यो´ जसमा हामीले अल्लारे बेलाका युवायुवतीहरुको माया प्रेमलाई प्रस्तुत गर्न खोजेका छौं र हाम्रो यो प्रयासलाई सबैले मन पराइदिनुहुन्छ भन्ने आशा अनि विश्वास गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्