उठ अब बहिरा साथी हो

उठ अब बहिरा साथी हो

- कृष्ण गजुरेल

आफै जिउन आफै रमाउन उठौ साथी हो
अरुको दुःखमा साथ दिने हामी पनि हो
अरुको आँसु पुस्दा आफनै भुल्नु छ
उठ अब बहिरा साथी हो ।।।

जुन भाषा बोल्छौ त्यहि भाषाको इशारा
गर्न सक्छौ हामी बहिरा
कर्म मेरो दुःखी रैछ खै कसले गर्छ माया
अध्याँरोमा साथ छोड्दै पर भाग्छ छाँया
उठ अब बहिरा साथी हो ।।।

देखाउछौं इशारामा बुझिदिने कमै छन्
खोलिदिन्छौँ आफ्नो हृदय चोट दिई भागिदिन्छन्
धेरै छन् यँहा म संग सांकेतिक भाषामा संचार गर्ने
कमै हुन्छ यहाँ मलाई दोभाषेमा सहयोग गर्ने
उठ अब बहिरा साथी हो ।।।

डम्फु मादल बज्छन् कस्तो हुन्छ धुन
भिडियोमा संकेत गर्दा बुझ्ने को हुन्
आँशु, हाँसो, दुःख के मा हो रमाउने
इशाराको माध्यमबाट बुझ्छौ हामी बहिरा पनि
उठ अब बहिरा साथी हो ।।।

बोलाईमा मिठास सुन्दैनौ हामी
मनको कुरा इशारामा बुझ्छौ हामी पनि
इशारामा मुस्कुराउदै हेर्ने गर्छु
संर्घषको मेरो जिवन ज्योति झैँ फैलिएको
उठ अब बहिरा साथी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्