सिताराम – पदमकुमारी फाउन्डेसनद्धारा उच्च शिक्षको लागी छात्रवृत्ति

सिताराम – पदमकुमारी फाउन्डेसनद्धारा उच्च शिक्षको लागी छात्रवृत्ति

विराटनगर । सिताराम पदमकुमारी फाउन्डेसनद्धारा उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति प्रदान गरेको छ ।
झापा भद्रपुर निवासी सृजन ढकाललाई स्व. शिव प्रसाद ढकाल (सिताराम)को सम्झनामा सामाजिक कार्यलाई निरन्तरता दिने उद्देश्य सहित ढकालले छात्रवृती प्रदान गरिएको हो ।
गत फाल्गुनमा दर्ता भई सक्रिय रुपमा सामाजिक कार्य अन्तर्गत फाउन्डेसनले शिक्षा क्षेत्रमा पनि प्रोत्साहन मूलक कार्यहरु सञ्चान गरेको हो । छात्रवृती अन्तर्गत झापाका सृजन ढकाललाई ललितपुर स्थित सिटिजन कलेजमा बी.बी.ए ४ वर्षीय कोर्स पुरा गर्न छात्रवृत्ति उपलब्ध गराईएको हो । छात्रवृतीको लागी कलेजका प्रार्चाय हरि कृष्ण अर्यालले छात्रवृत्ति दिने घोषणा गरेका छन् । फाउन्डेसनका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विन्दु अधिकारी ढकाल, संरक्षक प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रार्चाय अर्यालले फाउन्डेसनका गतिविधिमा सँगै मिलेर अगाडी बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्