नौटङ्की माया लोकार्पण

<span class='c1'>नौटङ्की माया</span> <span class='c2'>लोकार्पण</span>

इटहरी । केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले गर्नु भएको छ ।

डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी. थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्द प्रसाद भट्टराई लगायतले चर्चा गरेका थिए ।

शुभकामना मनतब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष हो, साहित्य लोकोपकारको पक्षमा हुनुपर्छ । साहित्य देश, समाज, धर्म, परम्परा, रितीरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तन तर्फ मुखरित हुनुपर्ने बताउनु भयो ।

कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाइ प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभाका सदस्य सर्वध्वज सावा सहित पूर्वका विभिन्न ठाउँका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्