फेरि पनि मेरो मनमा किन आउँछ एउटै सवाल ?

<span class='c1'>फेरि पनि मेरो मनमा किन</span> <span class='c2'>आउँछ  एउटै सवाल ?</span>

माथी छ आकाश र छन् आकाशमा तारा ।
तल छ गगन र छ गगन मुनि पाताल ।
किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल
किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल।।

रुन्थि कराउथि आफूलाई छोडाउने ।
ति जालिमहरु सँग मरीमरी कोशिश गरेकै थीई ।
किन मानेनन् ती जलीमहरुले उसको बोली को मिसहाल
किन भई मेरी बहिनी निर्मला पन्त बेहाल।।
छ जवाफ कोहि संग किन भई मेरी बहिनी निर्मला बेहाल?

आँखाभरि आशु
मनमा मेरी बहिनीको डर
किन गरे ती दुष्टहरुले मेरी बहिनीलाई गलत काम गर्ने कर
किन गरे ती निर्दयिहरुले मेरी बहिनीलाई गलत काम गर्ने कर।।

यदि बलात्कार नभई सायद बहिनी आज हामीसँगै हुन्थी होला।
सायद आज बहिनी आमा संगै डुल्थि होला।
अनि भोलि बहिनी स्कूल जन्थि होला।
पढीलेखि गर्न पाकी भए आफ्नो साथसाथै पुरै देशको भविष्य बनाउँथी होला।

फेरि पनि मेरो मनमा किन आउँछ एउटै सवाल
किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल?
हे सरकार दिनुहोस मेरो बहिनीलाई न्याए
हे सरकार पाओस् ती दोषीहरु ले सजाए।।

नत्र भोलि फेरि उठ्ने छ नयाँ सवाल ।
निर्मला बहिनी जस्तै हुनेछ अरु हाम्रा बहिनीको नी बेहाल।
फेरि पनि मेरो मनमा किन एउटै सवाल
किन हुनु पर्यो मेरो बहिनी निर्मला पन्तलाई बेहाल?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्