र्यापर शब्दजालको चौथो गित ” राम नारायण यादव ” युट्युब मार्फत सार्वजनिक

विराटनगर

'शब्दजाल', यो नाम शैलेस निरौलासँगै जोडिएपछि नेपालमा पछिल्लो पटक चर्चाको शिखरमा चुलिदै गरेका एक युवा र्यापरको पहिचान बन्दछ । तिनै र्यापर जसका गित र भिडियोका अंशहरु सत्ता र समाजका वास्तविकता बाहिर ल्याउन सामाजिक संजालमा छरपष्ट हुन थालेका छन् केहि समययतादेखि विशेष गरि इन्टरनेटको विकास भई सबैको पहुँच यसमा पर्न थालेपछि काठमाडौंमा रहेका मुलधारको मिडियाहरुबाट मात्र जम्न सक्ने कलाहरु मोफसलका सहर-सहर र गाउँगाउँबाट उत्कृष्ट कला र कलाकारहरु बाहिरिन थालेका छन् ।

कटहरि स्थायि घर भइ बिराटनगर बसेर कलाकारिता क्षेत्रमा लामो समयदेखि अघि बढिरहेका शैलेस निरौला (शब्दजाल) ले त्यसरी उम्रिएका जमातलाई आफ्नो चर्चित गितहरुको मार्फत अग्रस्थानमा बसी नेतृत्व गरिरहेका छन् । उनका गित २५ औं लाख पटक युट्युबमा हेरिएका छन् र उनले हालै मात्र आफ्नो चौथो नयाँ गित " राम नारायण यादव " सार्वजनिक गरेका छन् । जसमा राम नारायण यादवको भुमिकामा मुख्य पात्रका रुपमा बिराटनगरका अर्का युवा कलाकार सागर विश्वासको बेजोड प्रस्तुति देख्न सकिन्छ ।

यस अघि उनले आफ्नो युट्युब च्यानल ' शैलेश निरौला अफिसियल ' मार्फत भी आइपी सवारी ,आमालाई फोन , आजदेखि एक सुरुवात र एउटा कबिता सार्वजनिक गरिसकेका छन् । विराटनगर स्थित आरोहण गुरुकुलमा समेत आबद्ध रहेका उनको यो चौथो गित हो ।

फरक फरक विषयवस्तुलाई समेटेर गित लेख्ने उनले यस गितमा भने विशेष गरि तराई मुलका ब्यक्तिहरु जो सिमा क्षेत्रमा बस्छन् र सधैंजसो विभिन्न सिमाना विवादका कारण दुख भोग्दै आएका समस्याहरु जस्तै उनले सप्तरीको तिलाठी सिमा नाकामा नेपालि मुलका तराईवासीहरुले झेल्नुपरेका समस्यालाई समेत यस गित मार्फत प्रस्तुत गर्न खोजेका छन्।

शब्दसंग राम्ररि खेल्न जानेका उनको यो गीतमा मानिस सबै एक समान हुन् उनीहरुलाई रंग ,जात ,धर्म ,भाषा ,लिङ्ग आदिका विषयमा प्रश्न उठाएर कसैको निजि जीवनशैली र उसको राष्ट्रियताप्रति प्रश्न गर्न पाउने अधिकार कसैलाई छैन भन्ने कुरालाई प्रस्तुत गर्न खोजिएको निरौलाले बताए ।

स्थानिय र्यापर शब्दजालको यो चौथो गित हो जहाँ मधेसी समुदायले आफ्नो रंग ,जात ,भेषभुषाका कारणले अरु सामु लज्जित हुनुपर्ने अवस्था को सामना गर्नु परिरहेको कुरालाई पनि प्रस्तुत गरिएको छ। उनि भन्छन् ,मान्छे चाहे कालो होस् या गोरो सबैलाई आफ्नो देश अनि राष्ट्रप्रतिको सम्मान बराबर हुन्छ त्यसैले समाजमा हामी सबै एकजुट भएर बस्नुपर्छ ,त्यहाँ व्यक्तिको परिचय उसको रंग अनि पारिवारिक परिवेशले गर्दैन बरु उसको बानि व्यवहारले गर्दछ भन्ने कुरा गीतमा देखाउन खोजिएको कुरा पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्