पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना हुनु भएको पूर्वरानी कोमल शाहको प्लाज्मा थेपारीबाट उपचार शुरु भएको छ । श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी देखिएपछि पुर्वरानी कोमललाई बुधबार साँझदेखि नै सघन उपचार कक्षमा सारिएको र हाल प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले बताउनु भएको छ ।
कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत उहाँको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजन दिनुपरेको छैन । उहाँहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उहाँहरुमा भारतको महाकुम्भ मेला भ्रमण गरि फर्किएपछि कोरोनाभाईरसको संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्