विराटनगरका युवा गायक संदेशको नयाँ गित बाल मतलब सार्वजनिक,

विराटनगरका युवा गायक संदेशको नयाँ गित बाल मतलब सार्वजनिक,

विराटनगर

अहिले सारा विश्व कोरोना महामारीले आक्रान्त बनिरहेको छ। हो हाम्रो समाजमा कोभिड १९ का कारण धेरै जनाले ज्यान गुमाइरहेका छन्। तर यसै महामारीका बीच विराटनगरका युवा गायक सन्देश सुवेदीले नयाँ म्यूजिक भिडियो 'बाल मतलब' युट्युब च्यानल अफिसियल संदेश सुबेदी मार्फत मंगलबार सार्वजनिक गरेका छन्।

विराटनगर–१२ स्थायी घर भएका २६ वर्षीय युवा गायक सुवेदीले निषेधाज्ञा लागू हुनुभन्दा एक हप्ताअघि म्यूजिक भिडियोको छायांकन सकेका थिए। संगीतिक वातावरणले समग्रमा रम्ने रमाउने अवसर मात्र दिँदैन, बिरामी र समस्यामा रहेकालाई समेत उर्जा प्रदान गर्दछ। यसैक्रममा युवा पिंढी, सपना र यथार्तमा लक्षित भएर खाली समयको सदुपयोग गर्दै उनले ‘बाल मतलब’ सार्वजनिक गरेका छन् ।
कोरिराखेको शब्दलाई संगीतमा सजाउन उनि सहि समयको पर्खाइमा थिए।

यसैक्रममा गत मंगलबार बिहान करिब ५ बजेदेखि ८ बजेको समयमा गीतलाई स्रोता माझ पस्कने र बनाउने अवसर जुर्‍यो। जसका लागि विराटनगरकै मुख्यबजारस्थित सन्सारी माईस्थान र एक चिया पसलमा छायांकनको कार्य सम्पन्न गरेका छन् ।

धेरैले सपना र यर्थात फरक हुने भन्छन्। सपनामा उड्नु भन्दा पनि यर्थातमा रहेर जीवन अघि बढाउनुपर्छ भन्छन्। तर मअलिक फरक छु, सपना मन पराउँछु। आफ्नो स्वतन्त्र चाहनामा रम्न चाहने हुँदा नयाँ गीत बाल मतलबको काम सकेर हालै मात्र सार्वजनिक गरेको उनले बताए ।’

यो गीतलाई भिडियोग्राफर राहुल साह, म्युजिक एरेन्जमा दिपेन थापा, मिक्सिङमा प्रभाकर थापा लगायतको साथमा बनाएको उनको भनाइ छ। त्यसैगरि भिडियोमा उनसँगै विरु क्षेत्री, पेप्सी तामाङ र सन्तोष सुब्बा रहेका छन्।

हालसम्म ९ वटा म्युजिक भिडियो बनाइसकेका सुवेदीको चर्चामा पागल प्रेमी, निर्दोष, चाहेको प्रेम, साँच्चै चाहेको पुग्नेभए , सपनाकी रानी, जीवन यो भर भो , बस है कान्छी, खरको छानो ,तिमि भन्थ्यौ , कहिल्यै तिमीलाई रुवाउदिन ,बायुपंखी घोडा ,मनपर्यो तिमि मलाई, परि लगायतको गीत रहेका छन्। करिब ८ वर्षअघि सार्वजनिक भएको ‘पागल प्रेमी’ गीतले सर्वाधिक चर्चा पाएको भएपनि सुवेदीलाई ‘साँच्चै पुग्ने भए’(मुनामदन) धेरै मनपर्छ ।

कोरोनाका कारण स्टेज कार्यक्रम शून्य अवस्थामा रहेकोले वैशाखअघि केही सीमित होटलमा स्वतन्त्र रुपमा प्रस्तुत हुँदै आएको छ । उनी भन्छन्, ‘म अलि फरक छु। मलाई भीडमा गाउन भन्दा पनि स्वतन्त्र भएर संगीतलाई निखार दिन मन लाग्छ। त्यही भएर पनि साथीहरु सीमित रहँदा मात्र रेष्टुरेन्टको स्टेजमा गिटार पक्रन्छु।’

कक्षा ८ अध्ययन गर्दैगर्दा गीत लेख्न र गाउन थालेको उनको भनाइ छ। विद्यालयकै एक कार्यक्रममा अन्य साथीहरुले गाउने अवसर पाउनु र उनले नपाउनु नै सांगीतिक वातावरणमा प्रवेश गर्ने ढोका खुलेको उनी सम्झन्छन्। गायक अनिल सिंहको गीतबाट बढी प्रभावित भएको बताएका सुवेदी सिंहसँगै सुनिल बर्देवाकै कारण संगीतमा औपचारिक रुपमा अघि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्