पसल खोलेको आरोपमा विराटनगरका दुईजना व्यापारीमाथि प्रहरी कारवाही

पसल खोलेको आरोपमा विराटनगरका दुईजना व्यापारीमाथि प्रहरी कारवाही

विराटनगर । निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरमा व्यापारी कुटिएका छन् । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरीमा दुई जनालाई वडा प्रहरी कार्यालयको प्रहरी टोलीले आज बिहान कारबाहीको क्रममा कुटेको हो ।

कुटपिटबाट पसलमा बसेका २७ वर्षिय मनिस कुमार साह र २९ वर्षिय सोनु कुमार साह सामान्य घाईते भएका छन् । उनीहरुको जिउमा लठ्ठीको सुम्ला बसेको छ । उनीहरुले आफुले गल्ती गरेको भए कानुन अनुसार कारबाही गर्नु पर्नेमा कुटपिट गरिएको दाबी गरे । आफुहरु डिडिसि दुधको आधिकारिक बिक्रेता भएकाले नियम अनुसार आफ्नो पसल खोल्न मिल्ने उनीहरुको दाबी छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरगंका प्रवक्ता मान बहादुर राईले प्रहरीले कुनै रिसिईबिले कुटेको नभई निषेधाज्ञा अवज्ञा गर्नेहरुलाई कारबाहि गरेको बताएका छन् । प्रवक्ता राईले भने ुआजबाट मोरगंमा निषेधाज्ञा पालनालाई थप कडाई बनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्