एकलाख ६४ हजार मूल्य बराबरको कपडा बरामद

एकलाख ६४ हजार मूल्य बराबरको कपडा बरामद

विराटनगर । प्रहरीले विराटनगर–१६ दरैया र विराटनगर–१७ मटेरुवास्थित सीमावर्ती क्षेत्रबाट एकलाख ६४ हजार मूल्य बराबरको भन्सार चोरी पैठारी गरेर अवैध भित्र्याइएको सामान बरामद गरेको छ । सीमानाका बन्द रहेको बेला पनि भारतबाट अवैध कारोबार गर्ने दरैयाका सुधिरकुमार महतोसहित प्रहरीले सामान बरामद गरेको हो ।

प्रहरीले चार बोरा लत्ताकपडा को २ ह ७८७ र को २ ह ४०२४ नम्बरको अटोमा लोड गरिरहेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । महतोले एकलाख ५६ हजार १०० मूल्य बराबरको कपडा आज बिहान १ः३० मा भित्र्याएका हुन् ।
यसैगरी प्रहरीले मटेरुवा नाकाबाट बिहान ४ः३० बजेको समयमा आठ हजार बराबरको १६० केजी चिनी समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्