साहित्यकार कविराज पोखरेलको निधन

साहित्यकार कविराज पोखरेलको निधन

विराटनगर । अग्रज गजलकार कविराज पोखरेलको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू फाटेपछि’, ‘घरपट्टीकी छोरी र गल्लीहरू’ गजलसङ्ग्रह प्रकाशित छन् । उनी प्रदेश सरकारसहित विभिन्न संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

दाजुकै प्रेरणाबाट साहित्यमा लागेको बनाउने सहोदर भाइ भेषराज पोखरेलले परिवारले नै अभिभावक गुमाएको बताए । कविराजले गजल लेखनमा छुट्टै पहिचान बनाएका छन् । विराटनगरले एउटा सशक्त स्रष्टालाई गुमाएको अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रतिक्रिया छ । “छन्द साहित्य र गजल लेखनमा कविराजजीको छुट्टै पहिचान थियो,” पोखरेलले भने, “गजल साहित्यका लागि अपूरणीय क्षति पुगेको छ ।”
साहित्यप्रति हुरुक्कै हुने उनी शारीरिक अस्वस्थ हुँदाहुँदै पनि विराटनगरका साहित्य गोष्ठीहरूलाई छाड्दैनथे । पोखरेलका श्रीमती कौशल्या, छोरा किन्जल र छोरी कृतज्ञा छन् । उनको मंगलबार नै विराटनगर होटखोलास्थित विश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्