मोरङ व्यापार संघले भन्यो–बजेट स्वागतयोग्य छ

मोरङ व्यापार संघले भन्यो–बजेट स्वागतयोग्य छ

विराटनगर । मोरङ व्यापार संघले सरकारले ल्याएको बजेटलाई सकारात्मक भन्दै स्वागत गरेको छ । कार्यन्वयन पक्षलाई मजबुत बनाउनु पर्ने धारणासहित बजेटको बुँदागत रुपमै स्वागत गरिएको हो ।

बजेटले प्रदेश राजधानी विराटनगरलाई आशा गरेअनुसार सम्बोधन भने गरेको छैन । तर, उद्योगी व्यवसायीले उठाउँदै आएका केहि महत्वपूर्ण संरचना र नीतिगत सुधार तथा कर र बिद्युतको विषय बजेटमार्फत सम्बोधन गरिएको छ ।
उद्योगीहरुले उठाउँदै आएको प्रदर्शनीस्थल निर्माण, सुनसरीको अमडुवामा विशेष आर्थिक क्षेत्र निर्माणको माग सम्बोधन भएको छ । सरकारले जनताको जीवनरक्षालाई प्राथमिकतामा राखेर खोप खरिद लगायत स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटले जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले तीन महिना भित्रै ५० प्रतिशत नागरिकलाई खोप लगाउन सके त्यसको सकारात्मक अवस्था देखिन्थ्यो, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको धारणा छ–बजेट कार्यन्वयनका लागि खोपको भूमिका पनि महत्वपूर्ण हुन्छ । कोडिभ महामारी रहिरह्यो भने जतिसुकै राम्रो बजेट ल्याए भने कार्यान्वयन हुने अवस्था नरने भएकोले खोपमा प्राथमिकता दिन माग गरिएको छ ।

बजेटले विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने भनिएको भन्दै व्यवसायीले स्वागत गरेका छन् । युवा उद्यमीलाई प्रोत्साहित गर्ने नीति अगाडि सारिएको छ । यसलाई अध्यक्ष मुन्दडाले अहिलेसम्मकै सरकारले लिएको सकारात्मक पहलको रुपमा बुझ्नुपर्नेमा जोड दिनुभएको छ।
‘कुरा के हो भने निजी क्षेत्र सधैं संशकित हुने गरेको छ, जहिले पनि राम्रो बजेट आउँछ तर कार्यान्वयन भने हुँदैन’ अध्यक्ष मुन्दडाले कार्यन्वयन पक्षमा आशंका व्यक्त गर्दै भन्नुभयो–हामीमा उत्साह नै मरिसकेको छ, त्यसैले यस पटक राज्यले कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्