औषधीको अवैध कारोबार गर्ने भारतीय नागरिक ट्राफिकचौकबाट पक्राउ

औषधीको अवैध कारोबार गर्ने भारतीय नागरिक ट्राफिकचौकबाट पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा औषधी तथा फुड सप्लिमेन्ट्री भित्र्याएर भण्डारण गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–९ ट्राफिकचौकबाट भारत राजस्थानका दिनेश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक चौकमा घर वहालमा लिएर बस्दै आएका महतोले जोगबनीबाट अवैध रुपमा समान भित्र्याएर यहाँ बिक्रीवितरण गर्ने गरेको खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार उनको कोठाबाट सिफी–प्रो ५० पत्ता, क्विन्स–१६९ थानसहित विभिन्न खाद्य प्रोडक्टहरु बरामद गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्