विराटनगरमा टिभिएसको नयाँ स्कुटर सार्वजनिक

विराटनगरमा टिभिएसको नयाँ स्कुटर सार्वजनिक

बिराटनगर । न्यू गौरब अटोे सेन्टरले नेपालमा पहलो पटक ब्लुटुथ कनेक्टेड स्कुटर सार्वजनिक गरेको छ । उक्त स्कुटरलाई बुधबार डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष अधिवक्ता रुपेश कोईरालाले अनावरण गरी सार्वजनिक गरेका थिए ।
मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड आकर्षक रंग इन्भिन्सिबल रेड, स्टिल्थ, र कम्ब्याट ब्लुमा उपलब्ध रहेको सेन्टरको प्रोपराईटर किसन सिंह राजपुतले बताए ।

टिभीएस एनटर्क १२५ सुपरस्क्वाड स्कुटर प्रविधी मैत्री, अन्य स्कुटरमा नभएको ब्लुटुथ टेकनोलोजी, फुल डिजिटल, जिपीआरएस कनेक्ट गर्न मिल्ने, एलइडी लाईट, डिस्कब्रेक, फाइनान्सको सुविधा, समेत रहेको सेन्टरको मेनेजर निशान कटुवालले जानकारी गराएका थिए ।
एनटर्क १२५ सुपरस्क्वाड स्कुटरमा सवभन्दा ठूलो डिक्की भएको, ५ लिटर पेट्रोल ट्याकी १।५ लिटरमा रिर्जभ देखिने स्कुटरको मुल्य २ लाख ६६ हजार रहेको छ ।

अन्य स्कुटरमा नभएको टेक्नोलोजी, आकर्षक, मजबुत, नेपाली ग्राहकको लागि नविन र सेगमेन्टकै उत्कृष्ट उत्पादन भएकोले अहिलेको यूवा प्ुस्ताको लागि डिजिटल सिस्टम लोकप्रिय भएकोले सुपरस्क्वाड स्कुटर नेपाली बजारमा लोकप्रिय हुने अधिवक्ता कोइरालाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्