प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ६ जना साहित्यकार पुरस्कृत

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ६ जना साहित्यकार पुरस्कृत

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा ५० हजार राशिको समाजसेवी दीनबन्धु गोयलद्वारा स्थापित साहित्य पुरस्कारबाट प्राज्ञ गंगा सुवेदी पुरस्कृत भएकी छन् । प्रतिष्ठानले कविता, कथा, चित्रकला लगायतका विधामा चार दशकभन्दा लामो समयदेखि कलम चलाउँदै आउनु भएकी सुवेदीलाई नगद ५० हजार नगदसहित पुरस्कृत गरेको हो । गोयलद्वारा स्थापित सो पुरस्कार भाषा, साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरूलाई समर्पण गरिन्छ । चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी सुवेदीलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, आयोजक संस्थाका अध्यक्ष दधिराज सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयलले संयुक्त रुपमा नगद राशि र सम्मानपत्र समर्पण गरे ।

त्यसैगरी सोही अवसरमा साहित्यकार प्रा.डा. राजेन्द्रप्रसाद विमल र प्राज्ञ लक्ष्मी उप्रेतीलाई पनि ५० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । उप्रेतीलाई ज्वालाप्रसाद पोखरेलद्वारा स्थापित पुरस्कार प्रदान गरिएको हो । त्यस्तै प्रतिष्ठानले लीलानाथ–विश्व मञ्जरीले स्थापना गरेको यस वर्षको पुरस्कार पाणिनी संस्कृत विद्यालयलाई समर्पण गरेको छ । ५० हजार राशिको सो पुरस्कार विद्यालयका अध्यक्ष कविराज न्यौपानेले ग्रहण गरेका थिए । कार्यक्रममा साहित्यकार भानुभक्त सुवेदी, शुभलक्ष्मी लम्साल र ममता मृदुल पनि पुरस्कृत भए ।

सुवेदीलाई २१ हजार, लम्साल र मृदुललाई जनही १०–१० हजार राशिको पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा दधिराज सुवेदीको ‘मोरङमा साहित्यको उत्पत्ति र विकास’, लक्ष्मी पोखरेलको ‘तीर्थाटन’ र भानुभक्त सुवेदीको ‘भड्खालो’ पुस्तक विमोचन गरिएको थियो । विमोचित तीनवटै पुस्तकका विषयमा प्राज्ञ विवश पोखरेलले टिप्पणी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोइराला, समालोचक कविराज न्यौपाने, साहित्यकार दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्