देशव्यापी कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

देशव्यापी कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

विराटनगर । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् ।
उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् । विद्यार्थीभित्र रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा मोरङको रतुवामाईकी शर्मिला चौलागाई तृतीय भइन् । चौलागाईंले ‘अछुत आवाज’ कविता वाचन गरिन् ।

बुटवलका रोशन घिमिरेको ‘तिमी शान्त नबस’ र मोरङका दीपेन्द बराइलीको ‘विदेश’ शीर्षकको कविताले प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको छ । जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ थिए । देशभरिबाट प्राप्त २८ वटा कविताबाट उत्कृष्ट ५ जना छनौट गरिएको थियो ।

विद्यार्थीहरूले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकहरूले सुनेर विजेता छनौट गरेका हुन् । निर्णायकबाट आएको नम्बरलाई ८० प्रतिशत र सामाजिक सञ्जालको प्रतिक्रियालाई २० प्रतिशत आधार मानेर अन्तिम नतिजा प्रकाशन गरिएको आयोजक संस्थाका अध्यक्ष केशव भण्डारीले जानकारी दिए । आगामी दिनमा पनि युवा विद्यार्थीलाई लक्षित गरी अन्य कार्यक्रम सञ्चालन गरिने एचओसीका सचिव दीपक आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्