मोरङ व्यापार संघले आगामी साउन १७ गते ६५ औं साधारणसभा गर्ने

मोरङ व्यापार संघले आगामी साउन १७ गते ६५ औं साधारणसभा गर्ने

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधरणसभा साउन १७ गते हुने भएको छ । व्यापार संघको कार्यसमिति बैठकले साधारणसभा निर्णय गरेको हो । २०७६ जेठमा चयन भएको कार्यसमितिको पदावधी सकिन लागेको हो । अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समितिपछि नयाँ नेतृत्व हुने भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नविन रिजाल रहेका छन् । सोही साधरणसभाबाट नयाँ नेतृत्व पनि चयन हुने अपेक्षा गरिएको छ ।

यसअघि नै कार्यकाल सकिसकेको भएपनि कोरोना महामारीको कारण केही पर सर्दैै आएको थियो । संघले कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि सरकारले हटाएको कारण आउँदो साउनमै साधरणसभा सक्ने गरी निर्णय गरेको हो । संघको विधान अनुसार नयाँ कार्यसमितिको समयावधि २ वर्षे रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्