कोशी अस्पतालमा पाँच दिनसम्म आएन सिटी स्क्यानको रिपोर्ट (भिडियो रिर्पोट)

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिर्पोट दिन ढिलाइ हुदा बिरामीलाई उपचारमा समस्या देखिएको छ ।
सिटीस्क्यान गर्ने रेडियोलोजिष्ट बिदामा बसिदिदा परीक्षणको रिपोट आउन ढिलाई भएर उपचार गर्नमा समस्या आएको हो ।
विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्यानको लागि परीक्षण गरेको पाँच दिन भइसक्दा पनि शुक्रबार साँझसम्म रिपोट नआएको बताए । ‘घाटीमा समस्या भाएपछि गोल्डेन अस्पतालमा चेकजाँच गरेको थिए । चिकित्सकले घाटीमा गम्भिर समस्या देखिएका कारण सिटी स्क्यान गराउनु पर्ने सल्लाहा दिनुभयो । केही पैसाँ सस्तो हुने भएकोले गोल्डेनदेखि करिब ५० मिटर उत्तरमा रहेको सरकारी अस्पताल कोशीमा पुगे । ४ हजार रुपैयाँ दिएर कोशी अस्पतालमा सिटी स्क्यान गराएको थिए । शुक्रबार पाँच दिन भयो । अहिलेसम्म रिपोट आएको छैन,’ उनले भने, ‘अस्पतालको ल्याबमा जानकारी लिदा चिकित्सक नभएकोले रिपोट नआएको भन्दै आएको छ ।’

सिटी स्क्यान गरेको २४ घन्टा भित्र रिर्पोट आउने ल्याबका कर्मचारीले विरामीका आफन्तलाई जानकारी गराएपनि अहिलेसम्म रिपोट नआएको विरामी असरफी कामतका नाती सन्तोष कामतले जानकारी दिए । ‘सिटी स्क्यान गरेको भोलीपल्टदेखि रिपोट आयो कि भन्दै लिन जान्छु । रिपोट आएको छैन भन्दै कर्मचारीले फर्काउने गरेका छन् । शुक्रबार पाँच दिन पुरा भयो । अहिलेसम्म रिपोट हात लागेको छैन ।’ रिपोट नआउँदा विरामीलाई थप समस्या भएको आफन्त बताउँछन् । ‘सिटी स्क्यानको रिपोट आएको भए । चिकित्सकलाई पनि थाहा हुने थियो । के भएर घाँटी दुखेको रहेछ । अहिलेसम्म रिपोट नआउँदा थप उपचार हुन सकेको छैन,’ विरामीका नाती सन्तोषले भने, ‘सरकारी अस्पतालको ताल यस्तो छ । अनि कहाँबाट हामी जस्तोले भनेको बेलामा चाँडो सेवा पाउँछौं ।’

कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दास रेडियोलोजिष्ट विभागका चिकित्सकका आफन्त विरामी भएको कारणले रिपोटमा समस्या आएको बताए । ‘प्राविधिक कारणले विरामीलाई रिपोट दिन ढिलो भएको जनगुनासो आएको छ,’ उनले भने, ‘यसको समस्याको सावधान चाँडै हुनेछ ।’
सिटी स्क्यान गर्ने विभागमा वैकल्पिक रुपमा रेडियोलोजिष्ट नहुदा विरामीलाई रिपोट दिन समस्या हुने गरेको छ । भएको एक जना रिडियोलोजिष्ट विदामा बस्नुप¥यो भने विरामीलाई रिपोट दिन समस्या हुने गरेको छ । दैनिक ओपीडिमा १ हजार भन्दा बढी विरामीले सेवा प्रदान गर्ने अस्पतालमा वैकल्पिक रेडियोलोजिष्ट राख्नुपर्ने विरामीका आफन्तले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्