साँस्कृतिक उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक

साँस्कृतिक उपन्यास  ‘द्रौपदी अवशेष’ सार्वजनिक

हुम्ला

पचासको दशकदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ ।कर्णाली प्रदेशको हिमाली जिल्लाको उच्च भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक साँस्कृतिक उपन्यास हो ।

योगमाया,चिरहरण,अर्की आइमाई, बेली कथा संग्रह,कागजमा दस्तखत कथा, हवन कथा संग्रह,मौन जीवन उपन्यास जस्ता थुप्रै कृति लेख्नुभएकी निहारिकाले हुम्लाको लिमी क्षेत्रको द्रौपदी उपन्यास सार्वजनिक गर्नुभएको हो ।

हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखिएको यस कृतिका बारेमा हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनीधि सभा सदस्य छक्कबहादुर लामाले उपन्याकारले यस कृति मार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातीको लोक व्यहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रुपमा ढालेर बाह्य जगतलाई बोधम्य बनाउने चेस्टा गर्नु भएको बताएका छन् ।

साहित्कार नीलम कार्की निहारिकाले लेखेको द्रैपदी अवशेष त्यो साहै्र सराहनीय कार्य रहेको साँसद लामाले बताए ।
बिहिबार द्रौपदी अवशेष उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ लगायत स्थानीयको उपस्थितीमा भएको हो ।

उपन्यासका सम्बन्धमा लेखक निहारिकाले जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा आफु निकै खुशी भएको बताउनुभयो स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको उहाँले भन्नुभयो ।

हुम्लामा हिमपातको कारण हुम्लाबाट नेपालगञ्जको लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ हुम्लामा पानी परिहेको कारण नेपालगञ्जबाट हुम्लाको लागि जहाज नउडेको हुदाँ पुस्तक दुई दिन ढिला हुम्ला पुगेको लेखक कार्कीले बताउनुभयो ।

यहि यस्तै यथार्थसँग समाज अधि बढिरहेको छ बहुपति प्रथा एक संस्कृति हो ।

भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष परोक्ष सम्बन्ध रहेको यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने प्रयास रहेको लेखिका कार्कीको भनाइ थियो ।
-नेपाल टेलिभिजन /तस्बिर :नरजन तामांग (हुम्ला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्