विराटनगरमा दुई दिनमा दुई पुरुष मृत अवस्थामा भेटिए

विराटनगर । विराटनगरमा लगातार २ दिनभित्र २ जना पुरुष मृत अवस्थामा भेटिएका छन् । २ मध्ये एक जनको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन ।
सोमबार राती ८:३० बजेको समयमा विराटनगर ५ मुनालपथ दक्षिण विजुली अफिस पस्चिम साईडमा एक पुरुष मोटरसाईकलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् ।
त्यसैगरी विराटनगर ११ महेन्द्र चौक दक्षिण अर्का एक पुरुष मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन् । उनको अहिले सम्म कुनै पहिचान खुल्ना सकेको छैन । मोरङ प्रहरीले उत्त घटनाको मुचुल्क भने उठाईसकेको छ । उता

सोमबार रातको समयमा को ४ प २३१६ नम्बरको मोटरसाईकलमा मृत अवस्थामा भेटिएका पुरुष विराटनगर–मुनालपथका स्थाािनय सुदर्शन न्यौपाने रहेको विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष मिनकुमार आर्चयले जानकारी दिनुभयो ।
आफ्नै वडावासी रहेको र घटनाको प्रकृती हेर्दा नियोजित रुपमा नै यो घटना घटाएको हुनुपर्छ प्रहरीले यसको सत्यतत्य छानविन गर्न आवश्यक रहेको वडा अध्यक्ष आर्चयको भनाई छ ।
मृतक न्यौपानेको हातको कुममा चोटपटक समेत रहेको छ । उनको हेलमेट पनि टुटेको छ ।
मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरेका छन् ।
मोटरसाइकलमा बसिरहे जस्तो देखिने तर, मृत्यु भइसकेका सुदर्शन न्यौपानको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।
काकाको दुर्घटना गराई कसैले ल्याएर मोटरसाईकलमा राखिदिएको हुन सक्ने भतिज न्यौपानेले बताउनुभयो । घटना आफै नभएर कसैले नियोजित रुपमा गराएको हुनुपर्छ यसको लागी प्रहरीले सिसि क्यामारा फुटेजहरु हेरेर वस्ताविक घटनाको छानविन गरी परिवारलाई न्याय दिनुपर्ने न्यौपाने बताउनुहुन्छ ।
मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । घटना लगत्यै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसी वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दिपक कार्कीसहितको टोली पुगेको थियो ।
घटनाको प्रकृतीलाई नियालर हेर्दा स्थानियवासीको चासोको विषय रहेको थियो । घटना स्थालमा स्थानीयको ठूलो भीड लागेको थियो । घटनास्थलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुगेका थिए ।

यता घटना स्थलमा पुग्नुभएका मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले घटनाबारे अनुसन्धान जारी रहेको बताउनुभयो । घटनाको पकृति हेर्दा दुर्घटना भएर भएको जस्तो देखिएको छ थप यसबारे अनुसन्धान कै प्रकृयामा छौ एसपी जिसीले आवर विराटनगरलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्