गायक आचार्यको छैटौं रचना ‘गुरु बन्दना’ सार्वजनिक

गायक आचार्यको  छैटौं रचना ‘गुरु बन्दना’ सार्वजनिक

विराटनगर

गायक मातृका आचार्यले गुरु बन्दना सार्वजनिक गरेका छन् । गएको गुरुपूर्णिमामा सार्वजनिक भएको उक्त गुरुबन्दनाको रचना संगीता आचार्यले गरेकी हुन् | यसको संगीत पुरुषोत्तम न्यौपानेले गरेका हुन्।

आवाज स्वयं मातृकाको रहेको छ भने यसमा उनलाई गायिका प्रेक्षा लम्सालले पनि साथ दिएकी छिन् । खबरी नेपालको आधिकारिक युट्यूब च्यानलबाट अपलोड गरिएको यस गुरु वन्दनाको अडियो निर्माण श्री परमेश्वरी सेवा केन्द्र काठमाडौको रहेको छ भने भिडियो भने फोर क्यूब इन्टरटेन्मेन्टको निर्माण रहेको छ ।

गायक आचार्यले यो गुरुबन्दना समस्त गुरुबर्गमा समर्पित रहेको बताएका छन् र छिट्टै अर्को अघोरेश्वर वन्दना आउन लागेको आवर बिराटनगरलाई बताएका छन्। त्यस्तै गायिका प्रेक्षा लम्साल संगको सुमधुर युगल गीतपनि चाँडै रिलिज गर्न लागेको उनले बताएका छन्। उनका अन्य गीतहरु युट्यूब च्यानलमा हेर्न सुन्न सकिन्छ।

मेलम्ची नगरपालिका जिल्ला सिन्धुपालचोक स्थायी घर भएका आचार्यले यस अघि क्लासिकल र आधुनिक गरि ५ वटा गीतहरु सार्वजनिक गरिसकेका र हालै मात्र गुरु पूर्णिमाका दिन गुरु बन्दना सार्वजनिक गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्