बजारमा मास्क नलगाई हिड्नेलाई आधा घण्टा होल्ड गर्दै मोरङ प्रहरी

प्रेम देवान
विराटनगर । पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्न थालेको हो ।

दैनिक कोरोना संक्रमणको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले स्वास्थ्य मापदण्डका कुरालाई ख्याल गर्दै आमसर्वसाधरणलाई माक्स अनिवार्य लगाउन आग्रह गर्न थालेको छ। विराटनगरमा आइतबार २८ जना र मोरङ जिल्लाभरी ११७ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रदेश नम्बर एकमा ७२५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १३२ वटा भन्दा बढी मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ मुलुकहरुमा देखिन सक्ने आशंका गरिएको छ ।
नेपालमा पनि कोभिड–१९ को तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ रहेको पुष्टि भईसकेको छ । देशका विभिन्न स्थानबाट संकलन गरिएका नमूना विदेशमा पठाएर परीक्षण गर्दा तीव्र संक्रामक भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर नेपालमा भने आमसर्वसारणले स्वास्थ्य मापदण्डका कुरालाई वास्त गर्न छाडिसकेका छन् । बजारमा होस या अन्य काम गर्दा अधिकास नागरिकले स्वास्थ्य मापदण्डका कुरालाई चटक्कै विर्सन थालेका हुन् । बजारमा पसल संचालन गरेर बसेका व्यापारी होस या सवारी साधनमा यात्रा गर्ने यात्रु मास्क नलगाइ हिड्न थालेका छन् ।

मास्क बोकी हाले पनि कतिपयले गोजी र झोलामा बोकेर हिडेने गरेका छन् । अझ त्यो भन्दा पनि अचम्म त के छ भने आम सर्वसाधरण चिउँडोमा लगाएर हिड्ने गरेका छन् । यता मोरङ प्रहरीले माक्स नलगाई हिड्ने आम नागरिकहरुलाई सम्झाई बुझाई छाड्ने गरेको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्ने नागरिकलाई भने आधा घण्टा सवारीसाधन सहित होल्ड गर्ने गरेको छ ।
अनावश्यक घरबाहिर ननिस्कन र निस्किहाले पनि अनिवार्य मास्क र सामाजिक दुरी कायम गरी दैनिकी कामकाज गर्न एसपी जनार्दन जिसीले आग्रह गर्नुभयो ।

यस्ता कुरामा तपाई हामी सचेत नागरिक आफै नै सचेत हुनु जरुरी छ । हुन त नेपालमा कोरोनाको दोस्रो लहर अझै पनि कायम नै छ । त्यसमा पनि विश्वभर फैलिरहेको तेस्रो चरणको डेल्टा भेरिन्टको संक्रमणले नेपालमा नसताउला भन्न सकिन्न ।
नेपालमा जारी गरिएको निषेधाज्ञा पूर्ण रुपमा खुकुलो भईसेककेको अवस्था छ । खोपको अभाव तथा खोप अभियान सुस्त रहेको अवस्थामा निषेधाज्ञा खुकुलो गर्नु आगामी दिनमा भने घातक साबित हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्