विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी

विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी

विराटनगर । विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ । दोस्रो कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्ष भैरव रिजाल सर्वसम्मत चुनिएका छन् ।
यसैगरी समितिको सदस्यमा तुलसी नेपाल, नारायण पौडेल, हिमा गौतम, लक्ष्मण घिमिरे, नुतन राई र मन्दिप दाहाल चयन हुनु भएको छ ।
बिहीबार सम्पन्नविषेश साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले छरिएर रहेका पर्यटन व्यवसायीलाई एउटै सर्कलमा जोड्न सके प्रदेश १ को पर्यटन विकासमा सहयोग पुग्ने बताउनु भयो ।
प्रदेश १ मा पर्यटनको अपार सम्भावना रहेकाले तिनै तहको ध्यान त्यसतर्फ जानु पर्ने बताउनुभयो । आम मानिसहरुको सोचमा ट्राभल्स एजेन्ट भनेका टिकट काट्ने मात्र हुन भन्ने रहेको भन्दै उहाँले त्यसलाई वद्न व्यवसायीहरुले समय अनकूल परिर्वतन हुन सक्नु पर्ने राउतले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) का पुर्वअध्यक्ष समेत रहनुभएका आन्तरिक पर्यटन पुर्नउत्थान समिति प्रदेश १ का संयोजक भविसकुमार श्रेष्ठले कोरोना महामारीमा सबैभन्दा प्रत्यक्ष असर पर्यटन व्यवसार र यसमा काम गर्ने कर्मचारी, मजदुरहरुलाई परेको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा काम गर्ने मजदुरदेखि कर्मचारीसम्मलाई कोरोना विरुद्धको खोप प्राथमिकताका आधारमा लगाउन सके केही सुरक्षित हुने धारणा राख्नु भयो ।

क्षेत्रीय होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उठाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल एसोशिएसन अफ ट्राभल्स एजेन्ट प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले प्रदेश १ पर्यटनको उद्गम स्थल रहेपनि आफुहरुले बिक्री गर्न नसकेको भन्दै सबैले मिलेर यसलाई बेच्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै श्री एयर लाइन्सका स्टेसन मेनेजर अर्जुन कार्कीले ट्राभल्स र एयरलाइन्सबीच नङग र मासुको जस्तै सम्बन्ध रहेको भन्दै पर्यटनको विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रम लामो समयसम्म ट्राभल्स सञ्चालन गरी प्रदेश १ को पर्यटन विकासका लागि विषेश योगदान गरेको भन्दै अग्रज पर्यटन व्यवसायी खेमराज नेपाल र इश्वरी पराजुलीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्