महिला उद्यमीलाई वित्तिय अधिकार अभिमुखिकरण

महिला उद्यमीलाई वित्तिय अधिकार अभिमुखिकरण

विराटनगर । महिला उद्यमशिलता प्रवद्र्धन, विकास एवं विस्तारका साथै क्ष्ँमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग पु¥याउन महिला वित्तिय अधिकार सम्वन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।
महिलाहरुले स्थानीय सीप र श्रमको प्रयोग गरी संचालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला शसक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन सहयोग पु¥याउने उद्देश्यले वित्तिय अधिकारमा महिलाको पहुँच विषयमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष्सुयश प्याकुरेलले महिलाहरुलाई उद्यमशिलतामातर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुँच सुनिश्चित हुने वातावरण तयार गर्न सबै उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको बताउनु भएको थियो । महिला उद्यमीहरुको व्यवसायिक क्ष्ँमता विकासमा कार्यत्रमले सहयोग पु¥याउने विश्वाससहित व्यवसायका संचालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठायाराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने बताउनुभयो ।

कार्यक्रममा चार्टड एकाउन्टेन्ट पियूष लुनिया र प्रतिश अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै महिलाहरुले उद्यमशिलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाहरुको लागि प्रदान गरिएका सेवा तथा सुविधाहरु लगायतका विषयमा जानकारी राख्नु पर्ने बताउनु भएको थियो । कार्यपत्र प्रस्तुतीकरणको क्रममा सामाजिक, राजनीतिकका साथै उद्यमशिलता विकास, स्वरोजगार तथा आयआर्जन तर्फ पनि महिलाहरुले आफुलाई सशक्त बनाउँदै लैजानु पर्ने विषय उठान गरिएको थियो ।
कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजु, समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरुका साथै अन्य महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्