रेडियोलोजिष्टको अभाव: कोशी अस्पतालमा सयौं बिरामी मारमा (भिडियो)

विराटनगर । प्रदेश नम्बर एक राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा कार्यररत चिकित्सक नहुदाँ विरामीले हप्तादिनदेखी दुःख भोग्दै आएका छन् ।
दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको छ । विरामी भएर पुगेका विरामीले पटक पटक प्रशासनमा धर्ना र नारा जुलुस गर्न जानुपर्ने विरामीहरुको वाध्यता छ ।
३ सय ५० शैय्याको अस्पतालमा अहिले दैनिक १ हजारदेखि १२ सयसम्म बिरामी आउने गरेका छन् ।
यता सेवाग्राहीले सोमबार विहानैदेखी आवर विराटनगरलाई पटक पटक फोन गरिरहेका थिए । आफुहरु हप्तादिनदेखी अस्पताल धाएको तर अस्पतालले कुनै चासो नदिएको फोनमा गुनासो गरे ।
त्यति भनि सकेपछि हामी के हो त वास्तविक्ता भनेर हामी अस्पताल तर्फ लाग्यौं । हामी अस्पतालको प्रशासन तर्फ के छिर्न लागेका थियौ अस्पतालमा पुगेका विरामी र विरामीका आफन्तले यसरी घेरे । जुन उनीहरुको पिडा र गुनासो यस्तो थियो । हेर्नुहोस समावेश गरिएको भिडियोमा:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्