नेपाली युवक र भारतीय युवतीको असफल प्रेमको सफल उदाहरणः वाफ (भिडियोसहित)

सुयोग ढकाल

निर्देशक नविन चौहान मलाई असाध्यै श्रृजनशील लाग्दछन् । नविन जी ले बटौली वोलको गीतको म्यूजीक भिडियो निर्माण गर्दा नै म यिनको कन्सेप्टको फ्यान भएको थिँए । गाँउले परिवेशमा सरल शव्द र मिठो प्रस्तुती दिन सक्ने यिनका हरेक गीत नै एउटा कथा झैं लाग्न थालेको थियो मलाई ।
अनि तिनपाते गीतको कुरा आयो, गीतका मौलिक शव्दहरुलाई अँग्रेजी उल्था गर्ने जिम्मा नविन जी ले मलाई सुम्पेको पनि वर्ष दिन बढि भइसक्यो । तिनपाते आज २ करोड भन्दा केहि लाख मात्र कम पटक हेरिएको छ । धेरै विदेशीहरुले पनि तिनपाते भिडियोमा नेपाली शव्दको उल्था पढेर होला कमेन्ट गरेका छन्, शायद मैले कमाएका सबैभन्दा ठूला सम्पतीहरु यिनै गीतका शव्द भित्र लुकेका छन् ।

नविन जी ले यसवर्ष अर्को गीत गर्ने बताए । गीतको शिर्षक थियो वाफ । आज म यसै वाफ गीतको पेरिफेरिमा लेख्न चाहन्छु ।
केहि हप्ता अघि मास्क लगाएर नविन जी र म वाफ कै सिलसिलामा भेट्यौं, भृकुटीमण्डप मा । अनि त्यहाँवाट बसेर बात मार्न मिल्ने गरि हर्क साउद दाईको बागबजारको रेष्टुराँ पुग्यौं । हर्क दाई ले ओ आई नो यू भनें, यिनका शव्दहरुलाई तिनपातेमा अँग्रेजी अव्दावलीमा ढाल्ने म नै थिँए । खुश परेको भए त हर्क दाई कति अफ्ठेरो शव्द लेख्छौं हौ भन्दिन्थेँ होला तर फेरि हर्कका शव्दमा लुटपुटिने मान्छेहरुको सख्याँ बढ्दो छ ।
वाफ पनि हर्क दाई कै गीत हो, आज रिलिज भएको छ ।
आर्टमाण्डु स्टुडियोको उत्पादन, नविन जीको निर्देशन, सुजन चापागाई र विधा तिवारीको गायनमा वाफ उडिरहेको छ । एक घण्टा नबित्दै वाफले १२ हजार बढि भ्यू पाइसकेको छ । म बिराटनगरमा भएका सरोज कार्कीसंग वाफको प्रतिक्रिया लिनलाई यिनको मेसेन्जरमा वाफको लींक पठाँउछु, सरोजले गीत मनपराँउछन् । सरोज म वाफका लागि केहि लेख्छु है भनेंर म लेख्न बसेँ, अनि यसरी लेख्दैछु ।
वाफ नेपाली केटा र भारतीय केटिको प्रेमकथा हो । बालापनाको दृश्य देखि वयस्क अवस्थाको रोमान्स अनि अन्तमा देशका लागि त्याग गरिएको माया सम्म वाफमा मिसिएको छ ।
नेपाल भारत सिमाको पिलरलाई प्लट बनाइएको यस गीतले धेरै कुराहरु बताएको छ । अनि आफूले सबटाइटल लेखेको भएर होला, मलाई त झनै जति हेर्यो उति मनपरिरहेको छ यो गीत ।
तपाँई पनि हेरिदिनुस न ल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्