विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्कट लगाएर प्रवेश प्रतिबन्ध (भिडियो रिपोर्ट)

विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो ।

हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन्ट लगाएर प्रवेश गर्न नपाईने नियम यस अघि नै सरकारले लागु गरिसकेको नियम हो । तर पनि खासै त्यो नियम भने पूर्ण रुपमा लागु हुन सकेन ।
महेन्द्र मोरङ क्याम्पसले भने केही दिन यता कडा रुपमा यो नियम लागु गर्न थालेको छ । पुरुषलाई हापपेन्ट र महिलालाई स्कट लगाएर गयो भने त्यहाँ खटिएका सुरक्षागार्डले गेटबाट नै फकाईदिने गरेका छन् । देखिएको दृष्य आईतबार महेन्द्र मोरङ क्याम्पसको हो । जो कोही कलेजमा विशेष कामले गयो भने कलेजले हाप पेन्ट र स्कट लगाउनेलाई फकाईदिने गरेको छ । क्याम्पस प्रशासन यो नियम २– ३ महिना अगाडीदेखी नै लागु गरेको त्यहाँ खटिएका सुरक्षा गार्ड नगेन्द्र राईले बताउनुभयो । प्रशासनले हामीलाई जे भन्यो त्यही गर्ने हो जो कोही हाप पेन्ट वा स्कटमा सेवाग्राही वा विद्यार्थी प्रवेश गर्यो भने फर्काईदिनु भनेको छ, हामीले त्यही गरेको हो ।

क्याम्पसले लागुगरेको यो नियम आफुलाई मान्य नभएको त्यहाँ पुगेका सेवाग्राही तथा विद्यार्थीहरुले गुनासो गरे । आईतबार त्रिभुवन विश्व विद्यालयको रजिष्टेन र नयाँ भर्नाको फर्म भर्न पुगेका विद्यार्थीहरु गेटबाट नै फर्कन बाध्य भए । विद्यार्थीहरु टाढा – टाढाबाट आएका हुन्छ्न् यो नियमबारे सबैलाई थाहा नहुन सक्छ विद्यार्थीहरुको भनाई छ । यस्तो नियम पढ्न र परीक्षा दिन आएकालाई गराउने हो क्याम्पसको विशेष कामले आउने सेवाग्राहीलाई यस्तो नियमले दुःख दिने काम मात्र भएको त्यहाँ पुगेका सेवाग्राही सरोज कोईरालाले गुनासो गरे ।
क्याम्पसले लागु गरेको नियम एक प्रकारले सही पनि हो । तर , कतिपय कुराहरुमा चुकिरहेको हुन्छ । यो नियम ल्याउनु पूर्व सबैलाई सुचना मार्फत जानकारी गराउनुपर्ने हो । क्याम्पसको आफ्नो वेवसाईड होस या कलेजको सामाजिक संजाल फेसबुक पेजबाट अग्रिम जानकारी गराउनु पर्ने हो ।
क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले क्याम्पसमा हापपेन्टमा आउने विद्यार्थी हुन की गाँजा खाने मान्छे हुन् छुटाउन नै गाह्रो हुन थाल्यो त्यही भएर यो निमयलाई कडा गर्न थालिएको बताउनुभयो ।

‘क्याम्पसमा च्यातिएका तिघ्रादेखिने गरिका लुगाएर लगाएर आउने गरेका छन् छुटाउन नै गाहे हुनेगर्दछ , ‘पछिल्लो समय क्याम्पस परिसरमा अलिक बढी अनैतिक र उश्रृंखल खालका गतिविधी हुनथालेपछि हामीले परिसर भित्र आउनेहरुलाई कडाई गर्न थालेका हौँ तिम्सिनाले भन्नुभयो,’ज्ञान आर्जन गर्ने ठाँउमा उश्रृंखल खालका कुनै पनि गतिविधीका कृयाक्लाप नहोस भनेर विद्यार्थी अभिभावक कै निम्ती यो नियम लागु गरेका हौँ ।

क्याम्पसमा पोशाक कोड लागु गर्ने प्रशासनले भने कोरोना महामारी न्यूनीकरणमा भने लापार्वाही गर्दै आएको छ । क्याम्पसमा फर्म भर्न पुगेका विद्यार्थीहरुको अव्यस्थित भिडले गर्दा माहामारीको जोखिम देखिएको छ । विद्यार्थीहरुले कुनै पनि सामाजिक दुरीको ख्यालै नगरी टाँस्सिएर बसेका थिए । कम्तिमा पनि सुरक्षागार्ड राखेर अव्यस्थित लाईनलाई व्यावस्थापन गर्नुपर्ने हो । तर, त्यहाँ त्यो देखिएन । हुन त यो कुरालाई विश्वविद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीले समेत बुझेको देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्