विराटनगर । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।