अनिता सोनीको ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ सार्वजनिक (भिडियो)

अनिता सोनीद्वारा लिखित गित ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । सोनीको शब्दमा गायक सुरज बांनिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको भिडियो सार्वजनिक भएको हो ।
नेपालको पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका सोनी बोहरा, आशा अटल, अनिता अग्रवाल, ललिता जाजु, शालु अग्रवाल र सुरज बांनियाले अभिनय गरेका छन् ।

गितमा राज दासको संगीत ब्यवस्थापन र निरज तिमिल्सिनाको छायांकन रहेको छ । केहि वर्ष भित्र अनिता सोनीद्वारा लिखित ५ वटा गितका भिडियो आईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्