लायन्स क्लब अफ विराटनगर ‘इन्भिजन’की चार्टर प्रेसिडेन्ट सम्मानित

लायन्स क्लब अफ विराटनगर ‘इन्भिजन’की चार्टर प्रेसिडेन्ट सम्मानित

विराटनगर

आकृति रानी फुयल

लायन्स क्लब अफ विराटनगर 'इन्भिजन' की चार्टर प्रेसिडेन्ट अञ्जना कट्टेल सुवेदी वेलायतको लन्डनस्थित वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धताको प्रमाणपत्रबाट सम्मानित भएकी छिन् ।

मकालु टेलिभिजनकी निर्देशक समेत रहेकि उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसालले उक्त सम्मान पत्रबाट सम्मानित गरेकी थिइन् । लायन्स क्लबमा आबद्ध भएको छोटो समयमा महत्वपूर्ण कार्य गरेबापत सुवेदीलाई सो सम्मान प्रदान गरेको आयोजकले जनाएको छ ।

विश्व पुस्तकहरुको सबैभन्दा प्रतिष्ठित पुरस्कार वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धता समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई यो सम्मान प्रदान गरिने रहेछ जसमा चाहि नेपालका एकजना सागर सर उक्त संस्थासंग आबद्ध हुनुहुदो रहेछ जसले मैले समाजका लागि गरेका कार्यहरु सामाजिक संजालमार्फत नियाल्दै आउनुभएको रहेछ र यस सम्मानपत्रका लागि मेरो नाम प्रस्ताव गर्नुभएछ। जसकारण आगामी दिनहरुमा मलाई कार्यक्षेत्रमा थप जिम्मेवारी थपिएको महसुस भैरहेको छ।

आवर बिराटनगर संग कुरा गर्दै उनि भन्छिन् ' सामाजिक सेवामा काम गर्ने लायन्सबाट मा मात्र छुइन रोटरी लगायतका अन्य थुप्रै संस्थाहरुमा आवद्ध व्यक्तिहरु हुनुहुन्छ जसले निरन्तर सामाजिक कार्यमा आफ्ना हातहरु अगाडी बढाइरहनु भएको छ। पूर्वबाट सामाजिक कार्यमा निरन्तर सेवामा लागिपरेको देखेर होला सायद मेरो कामको सहि पहिचान गरि मलाई उहाँहरुले यो सम्मानबाट सम्मान गर्नुभएको होला जसले मलाई आउदा दिनहरुमा अझ जिम्मेवारीका साथ काम गर्ने उर्जा थपिएको महसुस भैरहेको छ। साथै सामाजिक अभियन्ताहरुको लागि म एक उदाहरण बनेजस्तो लागिरहेको छ जसले अन्य अभियन्ताहरुलाई पनि काम गर्ने हौसला र प्रेरणा प्रदान भैरहेको छ '।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्