विराटनगरमा दिनदाहाडै यसरी मोवाईल चोरी हुन्छ (भिडियो सहित)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडमा रहेको एक मोवाईल पसलमा दिनदाहाडै मोवाईल चोर्दै गरेको भिडियो भेटिएको छ । ट्राफिक चौक स्थित युनिटी मोवाईल पसलमा ग्राहक बनेर पुगेको एक व्यक्तिले पसलका कर्मचारीको आँखा छलेर मोवाईल चोरी गरेको सिसि क्यामारामा देखिन्छ ।
मोवाईल पसलमा मोवाईलको कभर लगाउन भन्दै त्यहाका कर्मचारीलाई सोधपुछ गर्छन र त्यही बेला एक महिला पनि त्यहाँ पुगेको बेला ती युवाले पसलमा रहेको मोवाईल आफ्नो झोलामा हालेको भिडियोमा स्ष्ट देख्न सकिन्छ ।  चोरी गरिएको भिडियोको प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको युनिटी मोवाईलका संचालक प्रमोद तामाङले आवर विराटनगरलाई जानकारी दिए ।

<iframe src="https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fourbrt%2Fvideos%2F551471916177867%2F&show_text=true&width=560&t=0" width="560" height="429" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true"></iframe>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्