विराटनगरमा ८ बजेसम्म व्यापार–व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगरमा ८ बजेसम्म व्यापार–व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा बिहीबार जारी आदेश अनुसार संक्रमण कम भएका स्थानीय तहलाई बिद्यालय समेत सञ्चालन गर्न सक्ने अधिकार प्रदान गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिद्यालय, होटल, रेष्टु–राँ समेत सञ्चालन गर्न पाउने निर्णय भएको छ । तर, होटलमा भीडभाड हुने कार्यक्रम तथा गतिविधि गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्