शान्ति -कबिता

शान्ति -कबिता

कता गयौ शान्ति तिमि
नेपालिलाइ एक्लो पारि
बम बन्दुक गोलि बोकाइ
सबै सन्तान टुहुरा पारि

कता गयौ शान्ति तिमि
नेपालिलाइ एक्लो पारि

न संबिधान कार्यान्वयन गर्न सक्छौ ।
न घर झगडा मिलाउन सक्छौ ।
न तराइमा रेल कुदाउन सक्छौ ।
न हिमालमा केबुलकार जोड्न सक्छौ ।

न कर्णालि कोशि गण्डकि थूनेर ।
देश -बिदेश झिल्लिमिल्लि पार्न सक्छौ/बाल्न सक्छौ ।

शान्ति,
तिमि कता अलमलियौ ?

न कालोपत्रे चौडा सडकले ।
गाँउ - गाँउ जोड्न सक्छौँ ।
न रुढिबादि संस्कृतिका माखे साङ्ला तोड्न सक्छौँ ।

काँधमा नबोल्ने बुद्द बोकेर ।
मन्दिरै मन्दिरमा ।
राँगा बोका काटेर ।
परेवाका जोडि उडाएर ।
डण्डा उडाएर, झण्डा उडाएर ।

देश बन्छ शान्ति ।
देशमा परिबर्तन आँउछ शान्ति ?

धन्यवाद नमस्कार !

नाम - योगराज आशिष दाहाल
स्थायी ठेगाना : लेटाङ - २ फडानी मोरङ
हालको बसाइँ : बिराटनगर -४ मोरङ
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय तृतीय बर्षमा अध्ययनरत!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्