विराटनगरमा आजको राधाकृष्ण रथयात्रा : धार्मिक विधि पुरानै, उत्सव यात्रा गाडीमा

विराटनगरमा आजको राधाकृष्ण रथयात्रा : धार्मिक विधि पुरानै, उत्सव यात्रा गाडीमा

विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित रहने भएको छ । आज दिउँसो निकाल्नुपर्ने रथयात्रा यसवर्ष खटयात्राको रुपमा मात्रै सिमित राखिने भएको हो ।
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिनुभयो । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा आज खटयात्राको रुपमा गाडीमा निकालिने भएको हो ।

यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट सुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्नेछ । तर, नगर क्षेत्रमा कुनैपनि स्थानमा रोकिने छैन, अध्यक्ष ओझाले भन्नुभयो–गाडीमा १०–१५ को स्पिडमा खटलाई नगर परिक्रमा गरिने छ ।

खटयात्रा विशेष पूजापाठ भने मंगलबार बिहान नै सम्पन्न भएको छ । विधि पुरानै पाराले पूर्ण गरेपनि यात्रामा सावधानी अपनाउँदा गाडीमा राख्नुपर्ने अवस्था आएको अध्यक्ष ओझाले बताउनुभयो । रथयात्राको सांकेतिक महत्व झल्काउन नगर क्षेत्रमा एक हजार भन्दा बढी झण्डा भने राखिएको छ । राधाकृष्णको फोटो अंतिक झण्डाले पुरानो परम्परा झल्काएको दर्शाएको छ । विराटनगर महानगरपालिका–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले पूजापाठको सामग्री नलिई टाढैबाट दर्शन गर्न मात्रै पाउने छन् । खटयात्रामा नेपाल प्रहरीको बाजा हुनेछ ।

वि. सं. १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)को रुपमा शुरु भएको यात्रा २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो । प्रदेश सरकारले मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्