मोडल तथा कलाकार निशा घिमिरेको निधन

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौँ
मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बावजुद पनि घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।

भारतमा भएको दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार पश्चात् अस्पतालले उनको निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्