विराटनगर–९ दुर्गा मार्केटमा खुल्यो ब्राण्डेड सुज बिक्री केन्द्र

विराटनगर–९ दुर्गा मार्केटमा खुल्यो ब्राण्डेड सुज बिक्री केन्द्र

विराटनगर । विराटनगरमा थापा सुज कलेक्सनले ब्राण्डेड जुत्ताको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । विराटनगर–९ दुर्गा मार्केटमा २० लाख लगानीमा ब्राण्डेड जुत्ता बिक्री केन्द्रको शनिबार शुभारम्भ गरिएको हो ।

ब्राण्डेड कम्पनिका सुज खरिदका लागि यो सुनौलो अवसर संदीप थापा र स्मीता थापाको संयुक्त लगानीमा सुरु गरिएको छ । स्तरीय र प्रचलित ब्राण्ड नाइक, जोर्डन, इक्र्र्री, टीबीएल, पुमा र पीक ब्राण्डका जुत्ताहरु नयाँ खोलिएको थापा सुज कलेक्सनमा सुपथ मूल्यमा पाइने सञ्चालक संदीप थापाले जानकारी दिनुभयो ।

थापा सुज कलेक्सनमा न्यूनतम २६५० देखि ७५५० सम्मका ब्राण्डेड जुत्ताहरु पाइने छ । खुद्रा जुत्ता शो–रुममा ब्राण्डेड जुत्ता खरिदका लागि उपभोक्ताले सहुलियत समेत पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्