सुद्धोधन गाउँपालिकाद्वारा अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान

सुद्धोधन गाउँपालिकाद्वारा  अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान

कपिलवस्तु ।

दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको सुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चारपाङ्ग्रे स्कुटर प्रदान गरेको छ । अपांगताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरुलाई सो स्कुटर प्रदान गरिएको हो ।

गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरुलाई स्कुटी र साँचो तथा हेलमेट हस्तान्तरण गरेका थिए । स्कुटी टिभिएस कम्पनीको १ सय १० सिसिको रहको छ । कुल २१ लाख लागतको स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए ।

अघिल्ल्लो आर्थिक वर्ष पनि १० जना अपांगता भएका व्यक्तिलाई पालिकाले स्कुटी प्रदान गरेको थियो । चालु आर्थिक वर्षका लागि पनि १० जना अपांगता भएका व्यक्तिलाई स्कुटी प्रदान गर्न २२ लाख बजेट बिनियोजन गरिएको थियो ।

सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आई हिँडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए ।

‘घिस्रिएर हिडन पर्दा घरमै सिमत भएका ब्यक्तिहरुको दैनिक जिवनमा सहजताका लागि हामीले उनीहरुलाई स्कु्टी दिएका हौँ । स्कुटी पाएर दुःखी जीवन बिताइरहेको उनीहरुको जीवनमा खुशीको लहर आउनेछ,’ प्रमुख खाँले भने, ‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र होइन अब आफैँले केही गरेर जीवन गुजारा समेत गर्न सक्छन् । पालिकाले उनीहरुको दुखी जीवनमा मल्हम लगाएर सानो खुशी दिन खोजेकाे हाे ।’

सुद्धोधन गाउँपालिकाका उप-प्रमुख सुधादेवी पाण्डेयले अपांगता भएका व्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताइन् । स्कुटी पाएर अपांगता भएका व्यक्तिहरु खुशी भएकाे उनकाे भनाइ छ ।

पहिला हिँडडुल गर्न निकै कठिन भएको स्थानीय शैलेश गुप्ताले बताए । गाँउपालिकाले स्कुटी प्रदान गरेपछि आवतजावत गर्न सजिलो भएको उनकाे भनाइ छ ।

कुनै पनि काम गर्नका लागि धेरै कठिन हुने गरेकाे र गाँउपालिकाले स्कुटी प्रदान गरेपछि धेरै सहज भएको उनीहरू बताउँछन् । पोलियोका कारण खुट्टा नचल्ने भएपछि समस्यामा परेका एक अपांग व्यक्तिले आफुले पनि केही ब्यापार गरेर घरलाई सहयोग गर्ने बताए । ‘खट्टा नचल्दा घरको बोझ बनेर बसेको छु, स्कुटीले अब भने केही गर्ने जागर आएको छ,’ उनले भने ।

स्कुटी पाएका अधिकांशले अब भारतबाट किराना लगायतका सामानहरू ल्याएर बेच्ने बताएका छन् । -News 24 Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्