मनकामना केबलकार आजबाट सञ्चालनमा

<span class='c1'>मनकामना केबलकार आजबाट</span> <span class='c2'> सञ्चालनमा</span>

मुग्लिन

कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्नेगरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । आज बिहानबाट केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।

गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्