अपडेट : ‘गण्डकी सुनौलो झुला’

अपडेट : ‘गण्डकी सुनौलो झुला’

वलेवा

‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी भाषामा नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले ‘गण्डकी गोल्डेन ब्रिज’ र ‘गण्डकी सुनौलो झुला’ राख्ने निर्णय गरेको हो ।

पुलको नाम अङ्ग्रेजी र नेपाली दुवै भाषामा स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।पुलको नयाँ नामसँगै जिल्लामा पर्यटक भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कार समेत घोषणा गरिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरिएको थियो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५ सय ६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो जिकिर गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्