मोती पुरस्कारबाट नवोदितसहित चारजना स्रष्टा पुरस्कृत

मोती पुरस्कारबाट नवोदितसहित चारजना स्रष्टा पुरस्कृत

काठमाडौं । मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित चार जना पुरस्कृत भएका छन् ।
साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरेको हो ।

पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । युवावर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ ।
गतवर्ष यो पुरस्कार कोभिडका कारण स्थगित भएको थियो । कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गरेको गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो ।

पौड्याल त्रिभुवनविश्व विद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बाल साहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् । त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिएको कोषले जनाएको छ । पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का अध्यक्ष हुन् ।
मोतीरामभट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ । चारै जना कविलाई वरिष्ठ कवि दिवसले दोसल्ला ओढाएर सम्मानपत्र र स्वर्णपदक समर्पण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्