को होला त कमेडी च्याम्पियन–२

को होला त कमेडी च्याम्पियन–२

सनम रोक्का
कमेडी च्याम्पियन सिजन–२ को फाइनल नजिकिदैँ गर्दा विजेता को बन्ला त ? भन्ने सवाल र कौतुहलता यतिबेला सामाजिक सञ्जाल एवं मानिसहरूको जमघटमा छलफलको विषय बन्न थालेको छ । नेपालको एकमात्र अर्गानिक ‘कमेडी रियालिटी सो’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छ्न् ।

सिजन–१ परीक्षणकै रूपमा भएकाले दर्शकले साथ देलान् या नदेलान् भन्ने कौतुहलता साथ सम्पन्न भयो । सिजन १ लाई दर्शकले सोचेभन्दा बढी माया दिइरहँदा आयोजकले भने घाटा बोहोर्नुपरेको कुरा बाहिर आयो। व्यवसायीक भन्दा दर्शकी सफलता पाएको सिजन १ पश्चात् आर्थिक रूपले सबल भएको सिजन २ सुरू भयो ।
सिजन १ का प्रतिस्पर्धीहरू भन्दा अझ निखारिएका र संम्भावना बोकेका कमेडियनहरू यसपटक आएका छ्न भनेर आयोजकले भनिरहँदा दर्शकले भने नयाँ सिजन खल्लो भएको गुनासो गरिरहेका छ्न । सिजन १ मा सुमन कोइरालाको ुदले दाइु, सुमन कार्कीको ुट्राफिक प्रहरीु, ुसहायक चालकु, हिमेश पन्तको ुर्‍यापर जिटेनु, आदर्श मिश्राको ुमधेसी क्यारेन्टरु लगायत अन्य प्रतिस्पर्धीहरूको पनि समान र दमदार प्रस्तुतिहरूले दर्शकको मन जित्न सफल भएको थियो । या भनौं पुरै सिजन लोकप्रिय सावित भयो ।

यो भनिरहँदा सिजन २ मा चाहिँ राम्रा प्रतिस्पर्धीहरूले सहभागीता नजनाएका भने होइनन । तर, केही उत्कृष्ट भन्दा उत्कृष्ट कमेडियनका प्रस्तुतीहरू हावी बन्दा अन्य प्रतिस्पर्धीहरूको प्रस्तुति ओझेलमा परेको अनुमान गर्न सकिन्छ । सुरूवाती चरणमै भरतमणी पौडेलको केही प्रस्तुतीहरू सामाजिक सञ्जालमा भाइरल बन्दा अन्य कन्टेस्टेन्टहरू माथी दर्शकको आँखा कम पर्न थाल्यो र सिजन २ का हरेक एपिसोडहरूमा भरतमणीको प्रस्तुतिलाई मात्र दर्शकले खोज्ने कार्य फाइनलसम्मै निरन्तर रहिरह्यो ।
भरतमणीसँगै केही मात्रामा सिक्किमबाट आएका कमेडियन बिक्की अग्रवालले पनि दर्शकले आकर्षण आफुमाथी राख्न सफल भएका थिए । हरेक एपिसोडमा केही फरक प्रस्तुति लिएर आउँने विक्कीको चर्चा टप ३ मा पुग्नुअघीको प्रस्तुतिले अझ चुलियो । नेपालमा नचलेको कमेडी फर्म ूपेन्टोमाइमू प्रस्तुति नेपाली दर्शकको लागि विल्कुलै नयाँ अनुभव थियो । तर, केही नौलौ गर्ने प्रयास गरेको भन्दैँ कमेडी च्याम्पियनका तीन जर्जहरूले तारिफ गर्दा वरिष्ठ कलाकार एवं जर्ज सन्तोष पन्तले दिएको अविव्यक्ती विवादित बन्यो । धेरै दर्शकले नयाँ कमेडी नबुझ्ने जर्ज, आउँदो सिजनबाट उहाँलाई निकाल्नुपर्छ लगायत धेरै प्रकारका विचारहरू व्यक्त गरेको पाइयो ।

टप ३ कै लागि भरतमणी पौडेलले पुर्वयुवराज पारस शाहको गेटअप, लवज झल्काउने गरि प्रस्तुति दिएका थिए । जुन प्रस्तुतिले कमेडी च्याम्पियनलाई सफलताको एक खुड्किलो उक्लन सफल बनाएको थियो । सन्तोषले च्याम्पियनमा आफूलाई भिन्न(भिन्न भूमिकामा प्रस्तुत गरेका छन् । उनी कहिले पुलिस बन्थे, कहिले डन । यो भनिरहँदा टप ३ सम्म पुग्न सफल भएका सन्तोष थापालेचै दर्शकको मन जित्न सकेनन त भन्ने प्रश्न आउँला १ यो गलत हो, सन्तोष थापा एक उत्कृष्ट कमेडियन हुन र राम्रा(राम्रा प्रस्तुतिहरू दिएका छ्न तर उनी दुई कमेडियन भरतमणी र बिक्कीको चेपुवामा परे । मेन पावरको मालिकदेखि पानीको जार ओसार्नेसम्मको भूमिकामा उनी देखिए । अझ, उनले गरेको ुनेपाली टिचेरु निकै उत्कृष्ट र सम्झनयोग्य प्रस्तुति मानिन्छ ।
कमेडी च्याम्पियनको ग्रान्ड फिनाले असोज दुई गते हुँदैछ । टप ३ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा रहेका छन । तिनैजनाको आआफ्नो तरिकाको कमेडी रहेको छ । फरक(फरक पृष्ठभुमि, वातावरण र रहनसहनबाट आएका उनिहरूका आआफ्नो फ्यान फलोइङ रहेको पाइन्छ । उनीहरु फाइनलका लागि प्रस्तुति दिएर भोट माग्न होम टाउन पुगिसकेका छन् । गृह जिल्लामा भोट मागेर उनीहरु ग्रान्ड फिनालेका लागि काठमाडौं फर्किने छन् ।

फाइनलका लागि भोट अपिल गर्दै भरतमणीले गाउँ र शहरको परिवेशको बारेमा बताएका थिए । गाउँमा हुने रमाइला पक्षको बारेमा सुनाए । त्यसैगरी अघिल्लो राउन्डमा ूपेन्टोमाइमू प्रस्तुति गरेर दर्शकबाट र जर्जबाट मिश्रित प्रतिक्रिया पाएका बिक्की अग्रवालले प्रतिक्रियासँग सम्बन्धित रहेर व्यङ्ग्य प्रस्तुत गरेका थिए र सन्तोष थापाले कमेडी च्याम्पियनमा टिकिरहन गर्नुपरेको संघर्ष, यदि च्याम्पियन जितिहाले भने भरतमणी दाइका फ्यानहरू र बिक्की दाइका साथी तर भरतमणि दाईकै फ्यानहरूको आक्रोश, कार जितिहाले कहाँ राख्ने भन्दै केही यथार्थलाई जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुती दिएका थिए ।
ताप्लेजुङमा जन्मेका भरतमणी सानैबाट गाउँले काकाबढाउ, छरछिमेकहरूको हाऊभाऊको नक्कल गर्दै हुर्केका हुन । स्थानिय रेडियो तमोरबाट कमेडी कार्यक्रम सञ्चालन गर्दै कमेडी यात्रा सुरू गरेका उनले सरकारी जागिर खाओस भन्ने उनको परिवारको इच्छा थियो तर ती सबै कुराहरूलाई त्यागेर उनी काठमाडौं हास्य कलाकार बन्न काठमाडौं लागे र लामो समयको मेहेनतपछि अहिले उनी एक कुशल कमेडियन बनेका छ्न ।

सगसँगै सिक्किममा जन्मेकाबिक्की अग्रवाल सानैबाट लजालु स्वभावका थिए । अन्तरमुखी स्वभावका बिक्की कमेडियन बन्लान भनेर उनका शिक्षक, आमाबुबा, साथिभाइ कसैले सोचेका थिएनन तर परिस्थिति र समयसँगै हुर्कने क्रममा उनी अहिले एक सफल कमेडियनको रूपमा स्थापित भएका छ्न । ुहसाँइस कत्लेु नामक स्टान्डप कमेडी सो सिक्किमबाट कमेडी यात्राको सुरू गरेका बिक्कीलाई नेपालमा पनि राम्रो साथ र माया प्राप्त भएको छ । अरू भन्दा फरक गर्न रूचाउने उनले कमेडी च्याम्पियनमा ुपेन्टोमाइमु नामक कमेडी फर्म प्रस्तुत गरेका थिए जुनले कमेडी च्याम्पियनको उचाई थपेको थियो ।

र अर्का कमेडियन हुन सन्तोष थापा । उनी गोर्खा जिल्लाबासी हुन । सन्तोषले ११ वर्षको उमेरमा नै आफ्नो बुबा गुमाए । अन्ततस् उनी डिप्रेसनको सिकार बने ।डिप्रेसनमा भएको बेला उनको सहारा बनेको थियो, कमेडी । आफ्ना(आफन्तले उनलाई कमेडी शो हेर्न सुझाउँथे । उनले त्यो समय विभिन्न कमेडी शोहरू हेरे । लामो समय कमेडी हेरेपछि उनलाई त्यसैमा रुचि बढ्यो । उनले विद्यालय जीवनमा केही नाटकहरू पनि गरे । प्रायस् नाटक कमेडीमा आधारित हुन्थे । बिचमा उनको उमेर बढेसँगै पारिवारिक जिम्मेवारीका कारण उनी पुलिसमा भर्ती भए तर शारीरिक समस्याका कारण प्रहरी जागीरबाट बाहिरिएसँगै उनी पुनः कमेडीमा ब्याक भए र सिक्दै, हेर्दै हाल कमेडी च्याम्पियनको ट्प ३ मा पुगेका छन ।
यसपटक कमेडी च्याम्पियनका टप ३ लाई सम्बन्धित जिल्लाका नेताहरूले पनि खुलेरै सहयोग गरेको देखिएको छ । गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराई र पूर्व मन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता गगन थापाको पनि साथ छ ।

सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेका छ्न ।
रियालिटी सोमा सधैं प्रतिभाको कदर हुन्छ, प्रतिभावान व्यक्ती मात्र विजेता बन्छ भनेर भन्दा केही हदसम्म गलत सावित भइन्छ । अहिले टप ३ ले कसरी जनताको भोट आफुतिर ल्याउने भन्ने होडबाजिमा गृहजिल्ला लगायत आफ्ना क्षेत्रहरूमा जोडतोडले लागि परिरहेका छ्न । टप ३ नै विजेताका लायक छ्न तर अब जसले बढि भोट ल्याउन सफल हुन्छ उसकै पोल्टामा विजेताको ताज हुन्छ ।
तिनै जनालाई शुभकामना !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्