एकीकृत समाजवादीको महासचिवमा डा. वेदुराम भुसाल

एकीकृत समाजवादीको महासचिवमा डा. वेदुराम भुसाल

विराटनगर । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा. वेदुराम भुसाल आउने भएका छन् ।

बिहीबार बिहान बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने सहमति गरेको हो । अब बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको सहमति सहितको प्रस्ताव पेश गरेर भुसाललाई महासचिव घोषणा गरिने तयारी रहेको जनाईएको छ । पार्टीको महासचिव पदका लागि डा. भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार र विजय पौडेल लगायत नेताहरु पनि आकांक्षी थिए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा पार्टीमा १ जना अध्यक्षस सहित वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरि १७ जना पदाधिकारी सहित ११५ पुर्ण तथा ३६ वैकल्पिक गरि १५१ सदस्यीय कमिटी रहने व्यवस्था छ ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारी सहित २१ सदस्यीय स्थायी कमिटी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्