अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ इन्चार्जमा गिरी, संयोजकमा श्रेष्ठ

अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ इन्चार्जमा गिरी, संयोजकमा श्रेष्ठ

विराटनगर । नेकपा माओवादी केन्द्र निकटका खेलकुदकर्मीको संगठन अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इचार्जको जिम्मेवारी विराटनगरका किरण गिरीले पाएका छन् । यस्तै प्रदेश संयोजकमा सुनसरीका रितेश श्रेष्ठ चयन भएका छन् । अखिल नेपाल खेलकुद महासंघको काठमाडौंमा सम्पन्न विस्तारित बैठकले गिरी र श्रेष्ठलाई उक्त जिम्मेवारी तोकेको हो ।

बैठकले प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जहरु तोकेको छ । जसअनुसार ताप्लेजुङमा दावा छिरिङ, पाँचथरमा सुरेश साह, इलाममा गंगाप्रसाद फियाङ, झापामा मदन खड्का, धनकुटामा नयन श्रेष्ठ, तेह्रथुममा प्रेमबहादुर खड्का, संखुवासभामा दिव्यराज बराल रहेका छन् । यस्तै भोजपुरमा बाजेन्द्र राई, सोलुखुम्बुमा नाम्गेल शेर्पा, मोरङमा द्वारिका रेग्मी, सुनसरीमा भुपेन्द्र चाम्लीङ राई, उदयपुरमा दिपक थापा, खोटाङमा ध्रुवविक्रम राई र ओखलढुंगामा आङ्दावा शेर्पा इन्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्