पथरीशनिश्चरेमा मैत्रीपूर्ण फुटबल सुरु

पथरीशनिश्चरेमा मैत्रीपूर्ण फुटबल सुरु

पथरीशनिश्चरे । मोरङ पथरी शनिश्चरे ९ रिगुवामा दशैं र तिहारको विशेष अवसर पारी आइतबारबाट मैत्रीपुर्ण फुटबल प्रतियोगिता–२०७८ सुरू भएको छ ।
सोही स्थानका दुई क्लबहरू बि सिक्सटिन र प्रतिभा समाज सुधार युवा क्लबले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा १६ टिमहरूको सहभागीता रहेको छ । प्रतियोगिता असोज १० गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष राजन थापा मगरले जानकारी दिए । प्रथम हुने टिमलाई २५ हजार नगद, दोश्रो हुनेलाई १५ हजार नगद सहित ट्रफी, मेडल लगायतका पुरस्कार प्रदान गरिने खेल संयोजक अजय राईले बताए ।

पहिलो दिन सम्पन्न भएका २ खेलहरूमध्ये प्रथम खेल नवोदय फुटबल क्लब र रियल ब्रदर्सका बिच भएको थियो । १-० गोल अन्तरका साथ नवोदयले जित हासिल गर्दा दोश्रो खेलमा ४-० गोल अन्तरले सिरिजंगा फुटबल क्लबले मंगलबारे शुक्रबारे फुटबल क्लबलाई पराजित गर्न सफल भयो ।

आज सोमबार दुई खेलहरू हुँदैछ । पहिलो खेल कल्याण फुटबल क्लब र पथरी युनाइटेडका बिच हुनेछ भने दोश्रो खेल प्रतिभा समाज सुधार युवा क्लब र मङगोलियन फुटबल क्लबका बिच हुनेछ। यस प्रतियोगितामा मिडिया पार्टनरको रूपमा पिएल टिभी एचडीले साथ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्