राठी गोल्ड केबलद्वारा कथा प्रतियोगीताका विजयीहरुको नाम सार्वजनिक

राठी गोल्ड केबलद्वारा कथा प्रतियोगीताका विजयीहरुको नाम  सार्वजनिक

विराटनगर।

आगो नलाग्ने तारको रुपमा परिचित राठी गोल्ड एफ.आर.एल.एस.–एस. केबलले कथा प्रतियोगीताका विजयीहरु घोषणा गरेको छ । केबलले विज्ञापन कथा लेख्न सुचना प्रकाशन गरेको थियो ।

जसमा भरतपुरका पत्रकार विवेक पोखरेलसहित प्रसुन सिन्धुली, रमेश भट्टराई, यमुना सापकोटा , विकास ढकाल गरि ५ जनाको कथा उत्कृष्ट ५ मा परि बिजयी बन्न सफल भएको छ ।

विजयीहरुले पुरस्कार स्वरुप ३ हजार एक सय रुपैँया प्राप्त गर्ने छन् भने कम्पनीले संगम सापकोटा , विश्वराम ढलाकोटी, सन्तोष सरील, मुना दाहाल, सवीर चुरौटेको कथालाई उत्कृष्ट मान्दै १ हजार एक सय रुपैयाँ सम्मान स्वरुप प्रदान गर्दैछ।

साथै प्रतियोगीतामा सहभागी सबै कथा लेखकहरुलाई नगद २ सयको रिचार्ज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्