इपिएल टी-२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सद्वारा विराटनगर वारियर्सलाई विशाल रनको लक्ष्य

इपिएल टी-२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सद्वारा  विराटनगर वारियर्सलाई विशाल रनको लक्ष्य

विराटनगर।

ब्याट्सम्यान चम्किँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सले विराटनगर वारियर्सलाई विशाल रनको लक्ष्य दिएको छ ।

बिहानी सत्रमा भएकाे खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले पुरा ओभर खेलेर ५ विकेट गुमाउँदै २२६ रन बनाएको हो ।

ललितपुरका लागि ओपनर सन्दुन वीराक्कोडीले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा सो व्यक्तिगत स्कोर खडा गरेका हुन् । अजमतुल्लाह ओमरजाईले पनि अर्धशतक प्रहार गर्दै अविजित रहे । उनले ७ छक्काको सहयोगमा ५८ रनको योगदान गरे ।

अर्का ओपनर तथा कप्तान कप्तान कुशल भुर्तेलले वीराक्कोडीलाई राम्रो साथ दिएका थिए । भुर्तेल ३२ रन जोडेर आउट भए । यस्तै, योगेन्द्रसिंह कार्कीले २७ रन जोडे भने जयकिशन कोल्सावालाले १३ रन बनाए । यसैगरी नारायण जोशीले १८ रन जोडे । पवन सरार्फ २ रनमै आउट भए ।

यता, विराटनगरका लागि करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जि.सी र दिलशान मुनाविराले समान एक/एक विकेट लिए ।
- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्