कानेपोखरीमा प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

कानेपोखरीमा प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै

कानेपोखरी । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । कानेपोखरी गाउँपालिकाको सहयोग र आइटीएफ तेक्वान्दो डोजाङ कानेपोखरीको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा लगायतको १० जिल्लाका प्रतियोगीहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजकले १० जिल्लाका ३ सय ५० प्रतियोगीबीचको प्रतियोगिता आगामी कात्तिक ५ र ६ गते हुने जानकारी दिएको छ ।

प्रतियोगीतामा पुरुषतर्फ २० केजी देखि ८० केजी तौलसम्म र महिलातर्फ २० केजी देखि ७० केजी तौलसम्मका खेलाडी बीच प्रतिस्पर्धा हुने बताइएको छ । सो प्रतियोगिता आयोजना गर्न ७ लाख रुपैयाँ लाग्ने लक्ष्य राखिएको प्रतियोगीताले खेलाडीमा खेलप्रतिको मोह जगाउदै दुव्र्यसन र कुलतबाट टाढा रही स्वस्थ्य जीवन जिउन टेवा पुरयाउने आयोजक संस्थाका अध्यक्ष युवराज भुजेलले जानकारी गराए । खेलाडीहरुलाई खाना, बस्न र यातायात सहितमा सो रकम खर्च हुने जनाइएको छ ।

प्रतियोगीतामा प्रथम, द्घितीय र तृतीय पुरस्कार क्रमशः १० हजार, ८ हजार र ५ हजार रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गतका सम्पूर्ण खेलहरु कानेपोखरी–६ मा रहेको जनसेवा माविको खेल मैदानमा संचालन हुनेछन् । प्रतियोगिता आयोजक आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीको स्थापना गत बैशाखमा मात्र भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्