विराट टेलिभीजनले प्रथम मिडिया कप गर्दै, प्रदेश १ मा रहेका मिडीया हाउसहरुले प्रतिस्पर्धा गर्ने

विराट टेलिभीजनले प्रथम मिडिया कप गर्दै, प्रदेश १ मा रहेका  मिडीया हाउसहरुले प्रतिस्पर्धा गर्ने

ईटहरी ।

स्मारिका थुलुङ राई

सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो ।

प्रतियोगितामा प्रदेश १ मा रहेको मिडीया हाउसहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । २२ गतेवाट औपचारिक सूरु हुने खेलमा ९ टिमको सहभागी रहनेछ । सञ्चार गृहहरुबिचको सम्बन्ध थप प्रगाढ वनाउन र आउदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी तथा तिहारको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यका साथ मिडीया कपको आयोजना गरिएको यस प्रथम मिडिया कप प्रतियोगिताका मुल आयोजक समिति अध्यक्ष विकल पौडेलले जानकारी दिनुभयो ।

. प्रदेश नं १ मा यसरी मिडिया आवद्ध सञ्चार गृहहरु सहभागी भएको फुटवल खेल पहिलो यहि मिडिया कप भएको पनि आयोजकले दावी गरेको छ । समुद्घाटन कार्यक्रममा एक नम्वर प्रदेश प्रहरी कार्यलय प्रहरी प्रमुख अरुण कुमार वि.सीको प्रमुख आतिथ्य रहने जानकारी दिइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ३० हजार, ट्रफी र मेडल, दोस्रो पुरस्कार नगद १५ हजार ट्रफी र मेडल साथै म्यान अफ दी म्याचलाई नगद १ हजार र वेस्ट गोलकिपरलाई नगद ३ हजार रहेको छ । सम्पुर्ण खेलहरु विराट टेलिभिजनवाट प्रत्यक्ष प्रशारण हुने समेत आयोजकले जनाएको छ । साथै खेलको अन्तिम दिन पत्रकार र प्रहरीविचको मैत्रीपुर्ण खेल हुने समेत टेलिभिजनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्