मुगु बस दुर्घटनाको छानबिनका निम्त्ति समिति गठन

मुगु बस दुर्घटनाको छानबिनका निम्त्ति समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यालयले समिति गठन गरेको हो । घटनाको छानबिनका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवल्दार हरि लामिछाने सदस्य छन् ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरी नायब महानिरीक्षक ऐरले बताएका छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रा.लि. द्वारा सञ्चालित भे १ ख ३१६७ नम्बरको बस मंगलबार जुम्ला–मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । १३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्